
काठमाडौं, ३० भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा संविधान सभाबाट संविधान निर्माण हुँदै गर्दा विभिन्न बाहानामा मुलुक विभाजन गर्न भएका प्रयासलाई एमाले नेता सुवासचन्द्र नेम्वाङले निस्तेज पारेको बताएका छन् ।
आज शनिबार नेकपा एमाले सम्पर्क समन्वय कमिटीले केन्द्रीय पार्टी कार्यालय च्यासलमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले जातीयता र क्षेत्रीयताका आधारमा मुलुकलाई टुक्रा–टुक्रा पार्ने प्रपञ्च भए पनि सुवास नेम्वाङले संविधान सभाको अध्यक्षका हैसियतले ती सबै प्रपञ्चलाई असफल बनाउँदै मुलुकमा नयाँ संविधान जारी हुन सकेको बताएका हुन् ।
राष्ट्रिय राजनीतिमा नेम्वाङ मुलुकलाई अपरिहार्य व्यक्ति भएको भन्दै महासचिव पोखरेलले उनको निधनले पार्टी र राष्ट्रलाई ठूलो क्षति पुगेको बताए । उनले संविधान निर्माण गर्ने क्रममा मुलुकमा जातीय र क्षेत्रीय विभाजनको प्रयास गरिएको अवस्थामा सबैलाई एकतावद्ध बनाउन नेम्वाङको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे ।
नेम्वाङको भदौ २६ गते हृदयाघातका कारण निधन भएको थियो ।














प्रतिक्रिया