
हेटौंडा, ३० भदौ । नेपाली कांग्रेस बागमती प्रदेशका सांसद मधुकुमार श्रेष्ठले नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
शनिबार बसेको प्रदेश सभा बैठकमा बोल्दै श्रेष्ठले नेम्वाङ देशकै नेता भएको भन्दै स्वर्गीय नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गरे । ‘सुवास नेम्वाङ जी देशकै नेता हुनुहुन्थो, एमालेको मात्र हैन । उहाँ पूर्वसभामुख, पूर्वसंविधानसभाका अध्यक्ष हुनुहुन्थो ।’ श्रेष्ठले भने ।
यसैगरी, उनले प्रदेश सरकारले निर्वाचित सांसदलाई बजेट र निरिक्षण गर्ने अधिकार दिएर बजेटलाई पूर्ण कार्यान्वयन गर्नुपर्ने बताए । उनले पार्टीभन्दा माथि उठेर आउँदो ५ वर्ष, १० वर्ष भित्र गरिने विकासका कामका खाकाहरु बनाएर अघि बढ्नुपर्ने समेत बताए ।
उनले प्रदेश सभाका सबै दलका नेताहरुलाई एकै ठाउँमा बसेर आउँदो वर्षहरुमा गर्ने कामहरुको खाका तयार पार्न अनुरोध गरे ।











प्रतिक्रिया