
हेटौंडा, ३० भदौ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सुन तस्करीमा बाग्मती प्रदेशका मन्त्रीको संलग्नता रहेको समाचार सार्वजनिक भएको भन्दै मन्त्री र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
शनिबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै नेता थपलियाले सुन तस्करीमा प्रदेशका मन्त्रीको संलग्नता छ/छैन् सम्बन्धित मन्त्री र सरकारले यसबारे सदनलाई जानकारी गराउनुपर्ने बताए । उनले पदबाट बारिएर सम्बन्धित मन्त्रीले सहयोग गर्नुपर्ने समेत बताए ।
सुन तस्करीमा नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति समेत रहेका प्रदेशका खानेपानी तथा सिंचाइमन्त्री तीर्थ लामाको संलग्नता रहेको समाचार बाहिरिएको छ ।
यसैगरी, नेता थपलियाले प्रदेश राजधानी हेटौंडामा डाक्टरहरुमाथि भएको कुटपिटको घटनामा संलग्नलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गरे । उनले यस घटनामा प्रदेश सरकार मौन बसेको भन्दै घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरे ।











प्रतिक्रिया