२८ कार्तिक २०८३, शनिबार

एमाले कोशीको प्रथम अधिवेशनको लोगो सार्वजनिक, अध्यक्षमा को–को आकांक्षी ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३० भदौ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको लोगो सार्वजनिक भएको छ । आगामी असोज १२ र १३ गते विराटनगरमा हुने प्रथम प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरिएको हो ।

अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले असोज १२ गते गर्ने कार्यक्रम रहेको एमाले कोशी प्रदेशका सचिव चिन्तन पाठकले जानकारी दिए । प्रदेश अधिवेशनका लागि १४ वटै जिल्लामा असोज ५ गते एकै दिन प्रतिनिधि छनौट गर्ने निर्णय भएको छ । प्रदेशभरबाट करिब ११ सय प्रतिनिधि छनौट हुनेछन् ।

कोशीको नयाँ नेतृत्वको लागि एमाले केन्द्रीय सदस्य विनोद ढकाल, वर्तमान प्रदेश अध्यक्ष तुलसी न्यौपाने, उपाध्यक्ष टीकाराम चेम्जोंग, प्रदेश सचिव चिन्तन पाठक, प्रदेश प्रचार विभाग प्रमुख घनश्याम खतिवडालगाएतका नेता आकांक्षी रहेका छन् ।