
मकवानपुर, ३० भदौ । बागमती प्रदेश सभाको बैठक आज शनिबार बस्दैछ । शुक्रबारका लागि तय भएको बैठक आज बस्न लागेको हो ।
बागमती प्रदेश सभा सचिवालयका अनुसार बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।
सचिवालयका अनुसार बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेश सभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ । प्रदेश सभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो ।











प्रतिक्रिया