
काठमाडौं, २९ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
निगमले आज शुक्रबार राति १ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मटिट्तेलमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो ।
मूल्य समायोजनसँगै काठमाडौँ पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८३ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर रु एक सय ७२ र डिजेल/मट्टितेल प्रतिलिटर रु एक सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर एक सय ८० रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमले जनाएको छ ।
यसअघि निगमले यही भदौ १४ गते मूल्य वृद्धि गरेको थियो । त्यसअघि गत साउन १६ र ३० गते पनि मूल्य वृद्धि गरिएको थियो ।














प्रतिक्रिया