३० आश्विन २०८३, शुक्रबार

जनताको ध्यान राप्रपा र नयाँ पार्टीहरूप्रति केन्द्रित भयो : झलनाथ खनाल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनताको ध्यान राप्रपा र नयाँ पार्टीहरूप्रति केन्द्रित भएको बताएका छन् ।

समाजवादी सहकारी संगठन नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले पहिलेदेखि स्थापित पार्टीहरूले काम नगरेका कारण जनताको ध्यान राप्रपा र नयाँ पार्टीहरुप्रति केन्द्रित भएको बताएका हुन् ।

उनले वर्तमान सरकार पुँजीवादको यथास्थीतिवाद बाटोमा अघि बढिरहेको पनि बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा भूमिसुधार, कृषि क्रान्ति, राष्ट्रिय औधोगिकरणका बिषय समेट्न नसकेको र पुँजीवादको यथास्थीतिवादको बाटोमा हिँडिराखेकाले जनतामा आक्रोश उत्पन्न भएको नेता खनालको भनाइ छ ।

देशको नेतृत्व दिशाहीन बन्दै गएकाले विकृति पैदा भएको उनले बताएका छन् ।

अहिलेको समस्या समाधान गर्न समाजवादको यात्रा गर्नुपर्ने र त्यसका लागि आफ्नो पार्टीले विकल्प दिन सक्नुपर्ने उनको भनाइ छ । खनालले समाजवादी व्यवस्था नभएसम्म मुलुकको आर्थिक उन्नति हुन नसक्ने धारणा व्यक्त गरेका छन् ।