
काठमाडौं, २९ भदौ । नेकपा एमालेका नेता रघुजी पन्तले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनालाई अघि बढाउने विषयमा कुरा राख्नुपर्ने बताएका छन् ।
आज शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पन्तले बीआरआईमा सम्बन्धमा भएको सहमति अनुसार यसलाई अघि बढाउन प्रधानमन्त्रीले चीनसँग कुरा गर्नुपर्ने बताएका हुन् ।
त्यस्तै, उनले भारतमा मात्रै बिजली बेच्दा नेपाललाई दबाबमा राख्न सक्ने भएकाले चीनमा पनि बिजुली बेच्नका लागि ट्रान्समिसन लाइन निर्माणमा जोड दिनुपर्ने बताएका छन् । चीनबाट नेपालमा आउन तीन–चार वटा नाकालाई सहज रुपमा सञ्चालनका लागि प्रधानमन्त्रीले चीनसँग कुरा गर्नुपर्ने धारणा उनको छ ।















प्रतिक्रिया