
काठमाडौं, २९ भदौ । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार न्युयोर्क जाँदै छन् । त्यसबारेमा जानकारी गराउन र समसामयिक विषयमा निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्डको आसन्न अमेरिका भ्रमण तथा त्यसपछि हुने चिनियाँ भ्रमणका बारेमा छलफल हुने बताइएको छ ।











प्रतिक्रिया