१६ कार्तिक २०८३, सोमबार

यसरी खसेको थियो सिन्धुपाल्चोकमा हेलिकप्टर, हेर्नुस् तस्वीरहरु (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Helicopter-accident4

सिन्धुपाल्चोक, १९ जेठ । सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा एक विदेशीसहित चार जनाको मृत्यु भएको छ । मृतक सबैको सनाखत भएको प्रहरीले जनाएको छ ।

Helicopter-accident7

मृत्यु हुनेमा हेलिकप्टरका पाइलट भक्तपुरका सुबेग श्रेष्ठ, अमितकुमार सिंह, शेरबहादुर कार्की र एक जना डच महिला जेनिक रहेकी छिन् ।

Helicopter
दुर्घटनामा परेको हेलिकप्टरको फाइल तस्वीर

घटनाका प्रत्यक्षदर्शी एमाले पोलिटव्युरो सदस्य अरुण नेपालका अनुसार खिम्ती र भोटेकोशीको केन्द्रीय प्रसारण लाइनमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको हो । हेलिकोप्टरले काठमाडौं विमानस्थलमा दिउँसो २:३७ मा अन्तिमपटक सम्पर्क गरेको थियो ।

बिजुलीको हाईटेन्सन तारमा ठोक्किएपछि धुँवाको मुस्लोसहित सिन्धुपाल्चोकको यमुनाडाँडा गाविस वडा ८ को शिला पर्वत जंगलमा हेलिकप्टर खसेको थियो । दुर्घटनास्थल बदेफीबाट नजिकै पर्दछ ।

‘म बफेदी खोलाको पुल तर्दै थिएँ । त्यतिबेला घ्यार्रर गर्दै ठूलो आवाज आयो । मानिसहरु भूकम्प आयो भन्दै भाग्न थाले, गाडी रोकेर हेर्दा हेलिकप्टरको पो खसेको रहेछ ।’ घटनाका प्रत्यक्षदर्शी एमाले नेता नेपालले दैनिक नेपालसँग टेलिफोनमा भने ।

यस्तो छ दुर्घटनास्थलको तस्वीर:

Helicopter-accident8 Helicopter-accident7 Helicopter-accident6 Helicopter-accident5

Helicopter-accident2 copyHelicopter-accident1

Helicopter-accidentSindhupalchok-helicopter-accident