
काठमाडौं, २८ भदौ । आज बिहीबार सेयर बजार कारोबार बन्द हुने भएको छ ।
आज संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिको दिन सरकारले सार्वजनिक विदा दिएका कारण सेयर बजार पनि बन्द हुने भएको हो । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।
बिहीबार सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि बन्द हुनेछन् ।
नेम्वाङले संविधान निर्माणका क्रममा पुर्याएको योगदानको कदर गर्दै सरकारले उनको अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।











प्रतिक्रिया