
काठमाडौं, २८ भदौ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका केही क्षेत्रमा तीन दिन विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।
बिहीबार एक सूचना जारी गदै प्राधिकरणले काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा शुक्रबार र शनिबार विद्युत् अवरुद्ध हुने जनाएको हो ।
प्राधिकरणले ६६ केभीको स्युचाटार–टेकु प्रसारण लाइन भोलि शुक्रबार बिहानदेखि आगामी सोमबार बिहानसम्म अवरुद्ध हुने जनाएको छ ।
टेकु सबस्टेसनमा ट्रान्सफर्मर चार्जसहितका कामका लागि उक्त प्रसारण लाइन बन्द गर्न लागिएको हो ।
प्राधिकरणले स्युचाटार–पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तथा स्युचाटार–केथ्री लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म अवरुद्ध हुने जनाएको छ ।












प्रतिक्रिया