२८ कार्तिक २०८३, शनिबार

प्रभु साहविरुद्ध गाली बेइज्जती मुद्धा दर्ता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौर, २७ भदौ । पूर्वमन्त्री समेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरूद्ध गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालत, गौरमा समाजवादी युवा संघ, रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले साह विरूद्द गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन् । उनले दर्ता गरेको मुद्दामा साहसहित सोही पार्टीका नेताहरू उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साहलाइ विपक्षी बनाएका छन् ।

सांसद साहको निर्देशनमा आफूलाइ घेरा हाली हातपात गर्नुको साथै गाली बेइज्जत गरी आफ्नो मानमर्यादा र प्रतिष्ठामा आँच पुर्‍याउने काम गरेको उनको अभियोगमा उल्लेख छ ।

जनता समाजवावादी पार्टी नेपाल रौतहटको जिल्ला कार्यकारिणी समिती सदस्यसमेत रहेका यादवको मुद्धामा चाँडै सुनवाई हुने अदालतले जनाएको छ ।