
काठमाडौं, २६ भदौ । डेल्टा अटोकर्पले नेपालमा इटालियन ब्राण्ड अप्रिलियाको नयाँ स्कुटर ‘अप्रिलिया एसआर १६०’ सार्वजनिक गरेको छ ।
नयाँ अप्रिलिया एसआर १६० प्राविधिक रूपमा अत्याधुनिक आई–जेट इन्जिनले सुसज्जित रहेको कम्पनीले जनाएको छ ।
आधुनिक सहरी चालकहरूको माग पूरा गर्न अप्रिलिया एसआर १६० डिजाइन गरिएको पनि कम्पनीले जनाएको छ । यो उच्च प्रदर्शन र आकर्षक स्पोर्टी लुकका लागि परिचित रहेको तथा राइडरहरूको रोजाइमा पर्ने स्कुटर भएको कम्पनीको दाबी छ ।
अप्रिलिया एसआर १६० मा शक्तिशाली १६० सीसी इन्जिन छ र यो मात्र ७५ सेकेन्डभित्रै ० देखि ६० किलोमिटर प्रतिघण्टा सहजै गुड्न सक्छ । यो स्कूटर सहरी सडकहरुमा चलाउन सजिलो छ, विशेष गरी ट्राफिकमा यसले ज्यादै उपयोगी फाइदा दिन्छ ।

यो पूर्ण डिजिटल डिस्प्ले, आधुनिक एबीएस, टेलिस्कोपिक फ्रन्ट फोर्क, सुरक्षित र रोमाञ्चक सवारी अनुभव सुनिश्चित गर्ने अन्य सुविधाहरूले पनि सुसज्जित रहेको बताइएको छ । यसको स्पोर्टी डिजाइन र उत्कृष्ट ह्यान्डलिङले गर्दा यो शहरी चालकहरू र युवा चालकहरूका लागि एक उचित विकल्प बन्ने कम्पनीको विश्वास छ ।














प्रतिक्रिया