२९ आश्विन २०८३, बिहिबार

एमाले उपाध्यक्ष नेम्वाङको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । नेकपा एमालेका दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्मानमा सरकारले आगामी बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

संविधान सभाका अध्यक्ष समेत रहेका नेम्वाङको अन्त्येष्टिका दिन सरकारले नेपालभरका सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

‘स्वर्गीय सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार यही मिति २०८० साल भदौ २८ गते बिहीबार हुने भएकाले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा सार्वजनिक विदा हुने र तत् तत् निकायका कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संविधान सभाका अध्यक्ष र वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको थियो । नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि उनले निर्वाह गरेको भूमिका तथा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पुर्‍याएको योगदानको उच्च कदर गर्दै सार्वजनिक विदा दिने तथा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गृग मन्त्रालयका प्रवक्ता समेत रहेका सह–सचिव केदारनाथ शर्माले जानकारी दिए ।