काठमाडौं, १९ जेठ । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको मंगलबार बसेको बैठकमा सभासद्लाई कडा प्रश्न गरेका छन् ।
बैठकमा सभासद्ले राहत वितरण समुचित र समानुपातिक ढङ्गले हुन नसकेको र कतिपय विकट क्षेत्रमा अझै राहत पुग्न नसकेको भन्दै गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।
सभासद्को ध्यानाकर्षणपछि बैठकमा उपप्रधानमन्त्री गौतमले भूकम्पपछिको उद्धार तथा राहत वितरणमा सरकार सफल रहेको बताउनुभयो । गृहमन्त्री गौतमले भन्नुभयो, ‘सेना, प्रहरी, रेडक्रसले काम गर्यो तर सरकारले गरेन भन्नु भ्रम हो, ती सेना र प्रहरी पनि सरकार नै हो, के सरकार भनेको मन्त्री आफैँ गएर काम गर्ने हो र ?’
उहाँले प्राकृतिक विपद्का बेला विकसित भनिएका राष्ट्रले पनि भनेअनुरुपका कम गर्न नसक्ने बताउँदै नेपालको पनि केही कमजोरी भएको भने स्वीकार गर्नुभयो ।
उहाँले सरकारले घर भत्किएकालाई दिने भनी निर्णय गरेको रु १५ हजार सबै जिल्लामा पुर्याइसकिएको र पीडितको परिचयपत्र बनाई पठाइसकिएको जानकारी दिनुभयो ।












प्रतिक्रिया