
काठमाडौं, २६ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
नेम्वाङलाई दिइने सम्मानका विषयमा निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । उनलाई कस्तो सम्मान दिने भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल परामर्शमा रहेका छन् । केहिबेरमा मन्त्रिपरिषद् बैठक बसेर निर्णय लिइने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।











प्रतिक्रिया