२९ आश्विन २०८३, बिहिबार

नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर किन उडे कोरिया ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर नेतृत्वको सात जनाको टोली कोरिया प्रस्थान गरेको छ ।

साइबर अपराध प्रतिकार सम्बन्धी रणनीतिक पाठ्यक्रम विषयक कार्यशालामा सहभागी हुन सोमबार उनीसहित सात सदस्यीय टोली कोरिया प्रस्थान गरेका हुन् ।

महानिरीक्षक कुँवर सङक्युनक्वान विश्वविद्यालय पिएमसीको आयोजनामा भदौ २५ गतेदेखि असोज ३ गतेसम्म हुने कार्यशालामा सहभागी हुन गएका हुन् । उक्त टोलीमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय टेकप्रसाद राई, मीरा चौधरी, प्राविधिक प्रहरी नायब महानिरीक्षक ई.फणीन्द्र बराल, प्रहरी नायब महानिरीक्षक विकाशराज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्रबहादुर खत्री छन् ।

उक्त कार्यशालामा नेपालमा साइबर सुरक्षाका लागि रणनीतिक नीति निर्माण एवम् क्षमता अभिवृद्धिका लागि ज्ञान र अनुभवको आदानप्रदान तथा छलफल हुने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । साथै, साइबर अपराधविरूद्ध कानूनी ढाँचा, नीति निर्माण र पीडित सुरक्षाका लागि तुलनात्मक अनुसन्धान विधिबारे कोरियाली विशेषज्ञहरूसँग अन्तरक्रिया एवं कोरिया प्रहरी व्यवस्थापन र सञ्चालन प्रणाली, ग्याङ्वोन प्रान्तीय प्रहरीको ट्राफिक नियन्त्रण प्रणाली, चुन्चोन इन्टरग्रेटेड कन्ट्रोल सेन्टर, कोरियन नेशनल पुलिस हेरिटेज म्युजियम, राष्ट्रिय वैज्ञानिक अनुसन्धान इन्स्टिच्यूट आदिको अवलोकन भ्रमण लगायतका कार्यक्रम छन् ।

प्रहरी महानिरीक्षक कुँवर र कोरियन राष्ट्रिय प्रहरीका पुलिस कमिस्नर, ग्याङ्वोन प्रान्तका प्रादेशिक पुलिस कमिस्नर, कोरियन राष्ट्रिय प्रहरी विश्वविद्यालयका प्रमुखबीच भेटघाट तथा आपसी सहयोग र समन्वयका विषयमा छलफल हुने कार्यक्रम छ ।