३० आश्विन २०८३, शुक्रबार

भूकम्प पीडितलाई सहयोग जुटाउन राजेश हमाल यूएईमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charity program - UAE

 

– उत्तम अधिकारी

आबुधाबी । चर्चित नायक राजेश हमालको नेतृत्वमा आधा दर्जन प्रख्यात कलाकारले भूकम्प पीडितको सहयोगार्थ यूएईको राजधानी आबुधाबीमा हुने च्यारिटी शोमा प्रस्तुति गर्ने भएका छन् ।

सहयोगमा मात्रै केन्द्रित रहेर नेपाली राजदुतावास यूएईको संरक्षकत्वमा हुन गइरहेको उक्त कार्यक्रममा सम्पूर्ण कलाकारहरुले निःशुल्क प्रस्तुति दिनेछन् ।

नेपालका भूकम्प पीडितको सहयोगका निमित्त यूएईमा राहत संकलन अभियानका लागि एनआरएनए यूएईका अध्यक्ष कृष्ण भुसालको संयोजकत्वमा गठित समिति आयोजक रहने उक्त कार्यक्रमलाई यहाँका सबै नेपालीले अपनत्व महशुस गर्नेछन् ।

कार्यक्रमलाई आकर्षक र राष्ट्रिय स्तरको बनाउनका निमित्त महानायक राजेश हमाल, चर्चित हास्य कलाकारद्वय दिपकराज गिरी र दिपाश्री निरौला आउने भएका छन् ।

त्यसैगरी लोक गायकहरु तिलकबम मल्ल र इन्द्र जिसी, लोक गायिका सम्झना लामिछाने मगर तथा पूर्व मोडेल तथा हमाल पत्नी मधु भट्टराई सहितका कलाकार आबुधाबी आउने पक्का भएको कार्यक्रम संयोजक भुसालले बताएका छन् ।

त्यस्तै पप गायिका प्रजिता गेलाल पनि प्रस्तुतिका लागि अष्ट्रेलियाबाट कार्यक्रममा उपस्थित हुनेछिन् । सम्पूर्ण कलाकारहरुले बिना कुनै पारश्रमिक भूकम्प पीडितप्रति समर्पित रहँदै कार्यक्रममा प्रस्तुतिका लागि सहभागिता जनाउने प्रतिबद्धता गरिसकेका छन् ।

कार्यक्रमबाट संकलित हुने सम्पूर्ण रकम दुतावासकै रोहवरमा प्रधानमन्त्री दैवीप्रकोप राहत उद्धार कोषमा पठाइने छ ।