२९ आश्विन २०८३, बिहिबार

सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष राई र कोषाध्यक्ष रम्तेल काठमाडौंबाट पक्राउ

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र वर्तमान कोषाध्यक्ष कुमार रम्तेल काठमाडौंबाट पक्राउ परेका छन् ।

पक्राउ परेका दुई जनासहित सहकारीका सात जना पदाधिकारीविरूद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

पक्राउ परेका पूर्वध्यक्ष ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक हुन् ।

बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप उनीहरूमाथि छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरूद्ध ९७१ जनाले जाहेरी दिएका छन् ।