
विराटनगर, २५ भदौ । प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सुरू गरेको भ्रष्टाचारविरुद्धको अभियानमा जनताको पनि साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।
आज सोमबार विराटनगरमा आयोजना गरिएको समाजवादी मोर्चा नेपालको कोशी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यसपटकको सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्न र सामाजिक न्याय प्रदान गर्ने दिशामा अघि बढिरहेको बताउँदै जनताको साथको अपेक्षा गरेका हुन् ।
सरकारले एकपछि अर्को भ्रष्टाचारविरोधी अभियानको थालनी गरेको भन्दै त्यसविरुद्ध देशभरबाट षड्यन्त्र भइरहेको उनले बताए । बेथितिका विरुद्ध लड्दा सरकार कति दिन टिक्छ भन्ने चिन्ता नरहेको जिकिर उनको छ ।
प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नामाकरण विषयलाई लिएर वार्ता र संबादबाट समाधान खोज्नुपर्ने धारणा अघि सारेका छन् ।















प्रतिक्रिया