२९ आश्विन २०८३, बिहिबार

म्यानमारसँग नेपाल पराजित, अक्टोबरमा वर्ल्ड कप छनोट खेल्ने

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज नेपाली राष्ट्रिय फुटबल टोली म्यानमारसँग पराजित भएको छ ।

म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो ।

यसअघि म्यानमारसँगै भएको पहिलो मैत्रीपूर्ण खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो ।

नेपालले अब अक्टोबरको अन्तर्राष्ट्रिय ब्रेकमा लाओससँग फिफा वर्ल्ड कप छनोटको पहिलो चरणको खेल खेल्नेछ । खेल दशरथ रंगशालामा अक्टोबर १२ र लाओसमा अक्टोबर १७ तारिखमा हुनेछ ।