
काठमाडौं, २५ भदौ । वर्षाका कारण रोकिएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको बाँकी खेल आज हुँदैछ ।
हिजो आइतबार वर्षाका कारण रद्द भएकोले रिजर्भ डेमा राखिएको खेल आज हुन लागेको हो ।
आइतबार कोलम्बोको आर प्रेमदास रंगशालामा टस हारेर ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १ सय ४७ रन बनाउँदा पानी परेको थियो ।
आज भारतले २४.१ ओभरबाटै खेल सुरु गर्ने छ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ । तर आज पनि वर्षाको कारण खेल हुन नसके खेल रद्द हुनेछ र दुबै टोलीले एक–एक अंक बाँड्ने छ ।
जारी सुपर फोरमा भारतको यो पहिलो खेल हो । यसअघि सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो ।















प्रतिक्रिया