२९ आश्विन २०८३, बिहिबार

नबिल बैंकले वुलिङ एयर ईभी किन्न ८० प्रतिशत कर्जा दिने

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्रीवितरण गरिरहेको बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन नबिल बैंकसँग सहकार्यको घोषणा गरेको छ ।

यससम्बन्धी सम्झौतामा ईभी नेपाल मोटर्स र बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई नबिल बैंकले गाडीको मूल्यको ८० प्रतिशत भन्दा बढी कर्जा उपलब्ध गराउने छ ।

२०० र ३०० किलोमिटर रेञ्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमश: २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ ।

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिँ इन्डोनेसियामा लोकप्रिय रहेको इलेक्ट्रिक कार हो ।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल ९जीएसईभी० प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन् ।

वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट वा ५० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ ।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ ।

रिमोटबाटै सञ्चालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

कम्पनीले नेपाली बजारमा छिटै अर्को नयाँ मोडेल पनि नेपाली बजारमा लन्च गर्ने तयारी गरेको जनाएको छ ।