२९ आश्विन २०८३, बिहिबार

फिष्टेल एकेडेमीलाई बास्केटबल प्रतियोगिताको दोहोरो उपाधि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २४ भदौ । पोखरामा सञ्चालन भएको कास्की जिल्लाव्यापी विद्यालयस्तरीय पहिलो ५/५ मर्दिखोला छात्र–छात्रा बास्केटबल प्रतियोगितामा फिष्टेल एकेडेमीले दोहोरो उपाधि जित्न सफल भएको छ ।

फिष्टेल एकेडेमीले छात्र–छात्रा दुबै प्रतियोगितामा बिजेता बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो ।

प्रतियोगितामा छात्रातर्फ गण्डकी बोर्डिङले द्वितीय र बालकल्याण स्कुलले तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

त्यसैगरी, छात्रतर्फ दोश्रो गण्डकी बोर्डिङ र तेस्रो स्थान मनकामना बोर्डिङले हासिल गर्न सफल भए । पोखरास्थित मालेपाटन बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो हुने टीमले नगद पुरस्कार क्रमश: रू बीस हजार, दस हजार र छ हजारसहित ट्रफी र मेडल प्राप्त गरे ।

मर्दी खोला बास्केटबल क्लबले आयोजना गरेको सो प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ ११ वटा विद्यालय सहभागी भएका थिए ।