
काठमाडौं, २४ भदौ । नेकपा एमालेले ‘असोज तीन–३१ ग्यारेण्टी’को नारासहित संविधान दिवस मनाउने भएको छ ।
नक्सालस्थित नारायण चौरमा असोज ३ गते पार्टीले राष्ट्रिय झण्डासहित जनस्तरबाट संविधान दिवस मनाउने निर्णय एमालेले गरेको छ ।

आज २३ वटै जनसंगठनसहित उपत्यकाका तीन जिल्ला अध्यक्षको बैठकमा कार्यवाहक महासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमालले यो विषयमा जानकारी दिएका हुन् ।
असोज ३ गते बिहान ७.३० बजे नारायणचौरमा हुने कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने बताइएको छ ।















प्रतिक्रिया