
काठमाडौं, २४ भदौ । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई छाडेको छ ।
जिल्ला अदालत काठमाडौंले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौका न्यायाधीश भोलानाथ ढकालको इजलास यस्तो आदेश दिएको हो ।
थुनामा रहेका १८ जनामध्ये एक जना केशव तुलाधरलाई सामान्य तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।















प्रतिक्रिया