
काठमाडौं, २३ भदौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी निर्माणका लागि नेतृत्वले ‘ग्राउण्ड लेभल’का कुरा राम्रोसँग सुन्नुपर्ने बताएका छन् ।
आज शनिबार ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा अयोजित पार्टी विस्तार, सुदृढीकरण, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा माथिबाट विचार थोपरेर मात्रै नहुने र पार्टी निर्माणका लागि दुवैतर्फका विचार आदानप्रदान हुनुपर्ने र सुन्नुपर्ने बताएका हुन् ।
पार्टीका कतिपय निर्णय तल्लो तहसम्म प्रभावकारी रुपमा पुग्न नसकेको तथा निर्णय र कार्यान्वयन पाटोबीच तालमेल नमिलेको समेत उनले बताएका छ । यस्तै, उनले सारा विरोधीहरू एमालेलाई सिध्याउने हिसाबले एक ठाउँमा जम्मा भएर हमला गरिरहेको सन्दर्भमा पार्टी एकढिक्का भएर प्रतिवाद गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमले नेता तथा स्थायी कमिटी सदस्य लालबाबु पण्डित, नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क कमिटी इन्द्र भण्डारी, ओखलढुंगा जिल्ला इन्चार्ज खगेन्द्र राईलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।















प्रतिक्रिया