२९ आश्विन २०८३, बिहिबार

सर्लाहीमा भोलि बिहान ८ बजेसम्म कर्फ्यु

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, २३ भदौ । जिल्ला सदरमुकाम मलंगवामा दुई पक्षबीच झडप हुने सम्भावना बढेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

आज साँझ ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म सदरमुकाम मलंगवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।

कृष्ण जन्माअष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा हिजो शुक्रबार बेलुका दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्र अशान्त बन्दै गएको छ । स्थिति नियन्त्रणबाहिर जाने स्थिति देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यु आदेश जारी गरिएको प्रजिअ यादवले जानकारी दिए ।

हिजो २२ गते शुक्रबार राती मूर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिएर साबिक मलंगवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहारलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकाले कर्फ्यु लगाउनुपरेको आदेशमा उल्लेख छ ।