
काठमाडौं, २३ भदौ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिशन र भ्रष्टाचारको जालो अन्त्य नगरेसम्म समृद्ध मुलुक बनाउन नसकिने बताएका छन् ।
आज शनिबार ज्यापु महागुठी नेपा:ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मूल मन्त्र बनाएको भन्दै कमिशन र भ्रष्टाचारको जालो तोड्दै मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउने बताएका हुन् ।
सरकारले भ्रष्टाचारबिरुद्ध ठूला अभियान सुरू गरेको र जनताबाट समर्थन पाएकाले कुनै हालतमा बिश्राम नलिने उनले बताए । सामाजिक आर्थिक रुपान्तरणका साथै विकास र समृद्धिको बाटोमा मुलुक अघि बढेको भन्दै श्रेष्ठले राजनीतिक परिवर्तनसंगै जनताले पनि महसुश गर्नेगरी काम गर्ने प्रतिवद्धता जनाए ।
त्यस्तै, उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले जातीय, भाषिक, धार्मिक एकता र सद्भावविरुद्ध बिग्रह फैलाउने खतरा बढिरहेको र आफ्नो पहिचान, अधिकारका निम्ति सचेत हुनुपर्ने जिकिर गरे ।
उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
भिडिओ–















प्रतिक्रिया