२९ आश्विन २०८३, बिहिबार

कोशीलाई चुनावतिर धकेल्न हुँदैन, मिलेर अघि बढौँ : माधव नेपाल (भिडिओ)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कोशी प्रदेशमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

आज शनिबार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले वर्तमान परिस्थितिमा कोशीमा मिलेर वा चुनावमा जानुपर्ने अवस्था देखिएकाले मिलेर अघि बढ्नु उत्तम हुने बताएका हुन् ।

उनले चुनाव नै भए पनि गठबन्धनलाई फाइदा पुग्ने भए पनि राष्ट्रलाई थप आर्थिक भार पर्ने भएकाले चुनाव गर्न नहुनेमा जोड दिए । अध्यक्ष नेपालले अहिलेको निर्वाचन प्रणालीका कारण बेला बेलामा समस्या देखिने गरेको भन्दै त्यसैका कारण अहिले कोशीमा सभामुख र उपसभामुख नै पद छाड्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

भिडिओ–