२९ आश्विन २०८३, बिहिबार

पेनाल्टीमा अञ्जन चुक्दा नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो (तस्वीरहरू)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । नेपाल र म्यानमारबीच आज भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।

म्यानमारमा भएको उक्त मैत्रीपूर्ण खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो ।

नेपालका अञ्जन विष्टले पेनाल्टी अवसरलाई गुमाए । उनले खेलको दोस्रो हाफमा पाएको पेनाल्टी अवसरलाई सदुययोग गर्न सकेनन् ।

खेलको ५८औँ मिनेटमा अञ्जनकै प्रहारलाई म्यानमारका खेलाडीले हातले रोकेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । जसमा अञ्जन गोल गर्नबाट चुके ।

अर्को महिना लाओसविरुद्ध हुने विश्वकप तथा एसिया कप छनोट प्रतियोगिताको तयारीस्वरुप नेपाल म्यानमार पुगेको हो । अब नेपालले आफ्नो दोस्रो खेल यही भदौ २५ गते म्यानमारसँगै खेल्नेछ ।