
काठमाडौं, २२ भदौ । एनआईसी एशिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ ग्राहकहरुका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोबाइल बैकिङ ग्राहकले बैंकको मोबाइल बैकिङ एप प्रयोग गरी कनेक्ट आईपीएस मार्फत फन्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।
यही भदौ १७ गतेदेखि असोज २० गतेसम्म लागू हुने अफरअन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एनआईसी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गरिने बताइएको छ ।
फन्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ सेवा एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फन्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर अदर बैंकस् युजिङ कनेक्ट आईपीएस छनौट गर्नुपर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसरी फन्ड ट्रान्सफर गर्दा कनेक्ट आईपीएसमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन । फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ ।
हाल २४ लाखभन्दा बढी मोबाइल बैंकिङ ग्राहकहरुले मोबैंक एप प्रयोग गरिरहेका छन् भने मोबाइल बैकिङमा रहेको कनेक्ट आईपीएस मार्फत प्रतिदिन प्रतिकारोबार तीन लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ ।















प्रतिक्रिया