२९ आश्विन २०८३, बिहिबार

अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमि नगरपालिका–४ घर भई काठमाडौं सामाखुसी बस्ने ५० वर्षीय रत्न केशरी श्रेष्ठलाई आज शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

एक जनालाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाई होटलमा मासिक ३ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ९ लाख रुपैयाँ लिई श्रेष्ठ सम्पर्कविहीन भएकी थिइन् ।

उनले ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको ।