२९ आश्विन २०८३, बिहिबार

एमालेका नयाँ सदस्यलाई कैलाश ढुङ्गेलले भने– खल्तीमा ऐना बोक्नुहोस्, सधैं हेर्ने गर्नुहोस्

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २२ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले एमालेका नयाँ संगठित सदस्यहरूलाई आफ्नो खल्तीमा ऐना बोक्न र सधैं हेर्न सुझाव दिएका छन् ।

जिल्ला कमिटी भक्तपुरले आज आयोजना गरेको नयाँ सदस्यको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू सच्चा कम्युनिष्ट र सच्चा एमाले भएँ कि भइन भनेर दिनदिनै ऐना हेर्ने गर्न नयाँ सदस्यहरूलाई आग्रह गरेका हुन् ।

‘परिवर्तन आफैबाट सुरू गर्नुपर्छ, आजदेखि तपाइँहरूले आफ्नो खल्तीमा एउटा ऐना बोक्नुस् र दैनिक हेुर्नस्, म हिजो कस्तो थिएँ ? आज कस्तो भएँ र भोलि कस्तो हुनेछु, भनेर नियाल्नुस्, आफैलाई परिवर्तन गर्नुस् र समाज अनि देश परिवर्तन गर्न सकिन्छ,’ नेता ढुङ्गेलले भने ।

आजदेखि नेकपा एमालेमा संगठिन भएका सदस्यहरूले नेकपा एमालेको नीति, विचार र सिद्धान्तलाई अंगाल्दै आफ्ना आचरणलाई समेत कम्युनिष्ट आचरणमा बलदेर लैजानुपर्ने बताउँदै उनले आजदेखि व्यक्तिगत स्वार्थलाई त्यागेर सामुहिक हित एवम् देशका लागि लाग्नु पर्नेमा जोड दिए ।

उनले जो पायो त्यही व्यक्ति एमाले बन्न नसक्ने भन्दै जो व्यक्ति राष्ट्रवादी छ, देशभक्त छ, देश र जनताको हितको पक्षमा लाग्छ, त्यस्ता व्यक्ति मात्रै एमाले बन्न सक्ने पनि स्पष्ट पारेका छन् । काम केही नगर्ने, चुपचाप बस्ने मानिस पार्टीलाई काम लाग्दैन भन्दै उनले अहिले प्राध्यापकदेखि मजदुरसम्मले देशको हितमा लाग्ने पार्टी एमाले मात्रै हो भनेर भन्न सक्ने अवस्थामा पुगेको बताए ।

एमाले सत्ताबाट बाहिर रहेकाले निर्णायाक ठाउँमा नभएको भन्दै उनले एमालेले वृद्ध भत्तालाई पाँच हजार पुर्‍याउने लक्ष्य लिएको, देश विकासका खम्बा रहेको राष्ट्रिय गौरवका आयोजनाहरू अगाडि बढाउने, सुशासनलाई फराकिलो पार्ने लक्ष्य एमालेको रहेको स्पष्ट गरे ।

इन्चार्ज ढुङ्गेलले भने, ‘अब मिसन २०८४ सुरू गरेका छौँ, एमालेलाई फेरि पनि सम्बृद्ध बनाउन कम्मर कस्नुपर्छ, एमालेले सिंगो भक्तपुरलाई आफ्नो झण्डा र परिचयभित्र समेट्नु पर्छ, नयाँ सदस्यहरूसहितको बलले आउँदो निर्वाचनमा भक्तपुरलाई एमालेमय बनाउनु पर्छ, भक्तपुरमा एमालेलाई कसैले हल्लाउन नसक्ने बताउनु पर्छ ।’ एमालेले जनताको सरोकारका विषयलाई आफ्नो एजेण्डा बनाएर लैजानु पर्नेमा उनको जोड छ ।