भैरहवा । शान्तिद्वार लुम्बिनीको प्रवेशद्वार भैरहवामा नेपाल प्रज्ञा प्रतिष्ठान र सिद्धार्थ साहित्य परिषदको आयोजनामा प्राज्ञ भेला हुने भएको छ ।
सिद्धार्थ साहित्य परिषदका अध्यक्ष विजय सागरको अध्यक्षतामा बसेको बैठकले सो भेला गर्ने निर्णय गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठान र सिद्धार्थ साहित्य परिषद रुपन्देहीको संयुक्त आयोजनामा भैरहवाको होटल एसआरमा आगमी जेठ २२ र २३ गते हुने भेलाको तयारी तिब्र पारिएको परिषदका अध्यक्ष विजय सागरले जनाए ।
‘गणोतन्त्रोत्तर कालिन नेपाली कविताका प्रवृत्ति विषयक् विचार गोष्ठी २०७२’ दुई दिने सो गोष्ठीमा प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरु, प्राध्यापकहरु, वरिष्ठ साहित्यकारहरु तथा स्रष्टाहरुगरी १ सय जनाको सहभागिता रहने आयोजक संस्थाका सचिव रामबहादुर श्रेष्ठले जानकारी दिए ।
पहिलो दिन विचार गोष्ठी र दोस्रो दिन कविता गोष्ठी हुने सो भब्य समारोह अत्यन्त महत्वपुर्ण भएकोले सबैले सौहार्दपुर्ण रुपमा सफल पार्न लाग्नुपर्ने प्राज्ञ बुंद रानाले बताए ।
कार्यक्रमको बारेमा तयारी गर्न आयोजित परिषदको बैठकले प्राज्ञ भेला महत्वपुर्ण भएकोले राम्रो तरिकाले सफल पार्न विभिन्न निर्णय समेत गरेको छ । बैठकले सो कार्यक्रममा डा. मुरारी पराजुलीलाई कार्यपत्र लेखनको जिम्मेवारी र टिप्पणीकर्ताको रुपमा प्रा.डा नेत्र प्रसाद न्यौपाने, प्रा.डा. कपिल लामिछाने, दिल साहनी र डा. सुधा त्रिपाठीलाई जिम्मेवारी दिने निर्णय गरेकोछ ।
यसैगरी बैठकले प्रतिवेदन लेखनको जिम्मेवारी रामबहादुर श्रेष्ठलाई जिम्मेवारी दिएको हो ।
परिषदका अध्यक्ष सागरको अध्यक्षतामा सम्पन्न बैठकमा प्राज्ञ बूंद राना, प्राज्ञ गोपीरमण उपाध्यय, प्रा.डा कपिल लामिछाने, मणिराम भट्टराई, डिल्लीराज भट्टाराई, बैकुष्ठ अर्याल, रुद्र ज्ञवाली, भरत कुमार पोखरेल, देवी धीर, कृष्ण बस्याल, नरेश केसी, कृष्ण चन्द्र बस्याल लगायतले गणोतन्त्रोत्तर कालिन नेपाली कविताका प्रवृत्ति विषयक् विचार गोष्ठी २०७२ सम्पन्न गर्ने विषयमा आ आफ्नो धारणा राखेका थिए ।















प्रतिक्रिया