
दाङ, २१ भदौ । दाङमा सात वर्षकी बालिका बलात्कृत भएकी छिन् ।
बालिकालाई बलात्कार गरेको अभियोगमा राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती बालिकालाई शुक्रबार दिउँसो बलात्कार गरेका हुन् । परिवार दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया