२९ आश्विन २०८३, बिहिबार

सर्वोच्चको फैसलापछि हिक्मत कार्कीले के भने ?

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा माओवादीलगायत दलहरूको गठबन्धनले संविधान मिचेर बनाएको सरकार अपदस्त भएसँगै नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की पुन: मुख्यमन्त्री बन्ने भएका छन् ।

संविधानको धारा १६८ (३) अनुसार आफू मुख्यमन्त्री बन्ने पक्का भएसँगै उनले आफ्नो नेतृत्वमा सर्वदलीय सरकार बनाउने प्रयास गर्ने प्रतिक्रिया दिएका छन् । सर्वदलीय सरकार बन्न नसके विशेषगरी नेपाली कांग्रेससँग सहकार्य गरी स्थिर सरकार निर्माण गरिने उनको भनाइ छ ।

सर्वोच्च अदालतले गठबन्धनको असंवैधानिक कदम सच्याएर संविधानलाई लाइनमा ल्याएकोमा खुसी व्यक्त गर्दै गठबन्धन दलहरूले पटक–पटकका प्रयास असफल भएपछि कोशीमा सरकार बनाउने जिम्मा एमालेकै काँधमा आएको बताए ।

अहिलेको अवस्थालाई हेर्दा कुनै पनि दलको नेतृत्वमा बहुकतको सरकार बन्ने अवस्था नरहेको बताउँदै उनले अब सर्वदलीय सरकार गठनको प्रयत्न गरिने बताए । यसको प्रयास र अभ्यास कोशी प्रदेशबाटै हुने जिकिर उनको छ ।

प्रदेशसभामा कसैको पनि स्पष्ट बहुमत नहुने भएकाले चुनौती अझै बाँकी रहेको भन्दै उनले सबै दलसँग सहकार्यको प्रस्ताव गरिने बताए । अहिले राष्ट्रिय राजनीतिको माग समेत कांग्रेस र एमालेबीच सहमति बन्नुपर्छ भन्ने रहेको उल्लेख गर्दै उनले कांग्रेससँग सहकार्यमा जोड दिएका छन् ।