
काठमाडौं, २१ भदौ । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दाको टुंगो लाग्न अझै केही समय लाग्ने देखिएको छ ।
बिहीबार भएको सुनुवाईले मुद्दाको फैसला गर्ने अनुमान गरिएपनि पुन मुद्दा लम्बिएको हो । आजको सुनुवाईमा काठमाडौं जिल्ला अदालतकी न्यायाधीस शकुन्तला कार्कीको इजलासले पुन: किशोरीको जन्ममिति सम्बन्धी कागजात झिकाउन आदेश दिएको छ ।
अदालतले सात दिनभित्र किशोरीको बसाइ सर्नु अघिको नगरपालिकाबाट जन्ममिति सम्बन्धी कागजात मगाउन आदेश दिएको हो । किशोरीको परिवार बसोबास गर्दै आएको स्थानीय तह बसाइ सरेर आएको हो ।
यसअघि पनि अदालतले किशोरीको जन्ममिति सम्बन्धी कागजात मगाएको थियो । जसमा किशोरीको बसाइसरेर गइसकेको स्थानीय तहबाट र किशोरीको जन्म भएको अस्पतालबाट कागजात उपलब्ध गराइएको थियो ।
किशोरीको दुईवटा जन्ममिति पाइएपछि मुद्दाको फैसला हुन सकेको छैन । जसले गर्दा बसाइ सर्नुअघिको नगरपालिकामा वास्तविक जन्ममिति हुन सक्ने भन्दै अदालतले पुन: जन्ममिति सम्बन्धी कागजात मगाउन आदेश दिएको हो ।















प्रतिक्रिया