
काठमाडौं, २१ भदौ । कोशी प्रदेशमा मुख्यमन्त्री उद्दव थापा पदमुक्त भएका छन् ।
असंवैधानिक रूपमा संसदबाट विश्वासको मत लिएको ठहर गर्दै सर्वोच्च अदालतले थापालाई पद मुक्त गरेको हो । उनी दोस्रो पटक पदमुक्त भएका हुन् ।
संसदबाट विश्वासको मत लिने क्रममा सभाध्यक्षको समेत मत लिएपछि नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । कार्कीको रिटको सुनुवाई गर्दै सर्वोच्चले थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको ठहर गर्दै पदमुक्त गर्ने फैसला गरेको हो ।
यसअघि पनि सभामुखको समेत हस्ताक्षर लिएर मुख्यमन्त्री बनेपछि थापा सर्वोच्चकै आदेशबाट पदमुक्त भएका थिए ।
सर्वोच्चले थापा पदमुक्त भएसँगै एमालेका हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेत दिएको छ ।















प्रतिक्रिया