२९ आश्विन २०८३, बिहिबार

आफ्नो नेतामाथिको खुकुरी आक्रमणबारे नेपाली कांग्रेसले माग्यो गृहमन्त्रीसँग जवाफ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको घटनाका सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गरेको छ ।

प्रतिनिधि सभाको आज बिहीबार बसेको बैठकको विशेष समयमा कांग्रेस मुख्य सचेतक रमेश लेखकले सदनको अर्को बैठकमा उक्त घटनाको बारेमा सम्पूर्ण विवरणसहितको जानकारी र अनुसन्धानका विषयमा जानकारी गराउन माग गरेका हुन् ।

उनले आक्रमणको घटनाका तथ्य छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग गरे । लेखकले यादवमाथिको आक्रमण व्यक्तिगत नभएर प्रवृत्ति भएको भन्दै प्रवृत्तिको निर्मम ढंगले खोजी गर्नुपर्नेमा जोड दिएका छन् । उनले जनता गणतान्त्रिक व्यवस्थासँग सहमत नरहेको भन्दै कांग्रेस, एमाले र माओवादीजस्ता पुराना पार्टी खराब हुन् भन्ने कृत्रिम भाष्य निर्माण गर्न खोजिएको तर्क समेत गरे ।

अहिलेको व्यवस्थाविरुद्ध आक्रमण गर्ने पूर्व तयारीको रूपमा निर्माण गर्न खोजिएको भाष्यका कारण संघीय लोकतान्त्रिक व्यवस्थाबाट विचलित हुने र भाग्ने कुनै कुरा नरहेको उनले बताए । लेखकले कांग्रेस लोकतन्त्रको पक्षमा अविचलित पर्वत रहेको उल्लेख गर्दै खुकुरी प्रहार गरेर कांग्रेस मर्छ भन्ने भ्रम त्याग्न आग्रह गरे ।

त्यस्तै, मुख्य सचेतक लेखकले यादवमाथिको आक्रमण ज्यान मार्ने नियतले भएको स्पष्ट देखिएको कांग्रेसको बुझाई रहेको पनि बताएका छन् । महेन्द्र यादवमाथि बुधबार काठमाडौंको भुकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट घाइते यादवको उपचार जारी छ ।