७ कार्तिक २०८३, शनिबार

तरुण दलले माग्यो गृहमन्त्रीको राजीनामा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।

बुधबार काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा भएको सांघातिक आक्रमणको विरोध गर्दै तरूणले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।

तरूण दलले घटनाको विरोधमा आन्दोलनको घोषणासमेत गरेको छ । जसअनुसार शुक्रबार दिउँसो रत्नपार्क शान्ति बाटिका विरोध सभा र र्‍याली आयोजना गरिएको छ ।