७ कार्तिक २०८३, शनिबार

राप्रपाको स्पष्टोक्ति- सहमहामन्त्री यादवमाथि आक्रमण गर्ने व्यक्ति हाम्रो पार्टीमा छैनन्

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार काठमाडौंको भृकुटीमण्डपमा काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्ने व्यक्तिसँग पार्टीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाका नेता धवलशमशेर राणाले आक्रमण गर्ने व्यक्ति राप्रपामा संलग्न नभएको बताएका छन् ।

उनले भने, ‘राप्रपा हिंसाको राजनीतिप्रति कहिल्यै विश्वास गर्दैन । यो विषय प्रस्टै होस् कि त्यो आक्रमण गर्ने व्यक्ति हाम्रो पार्टीमा कुनै प्रकारले संलग्न थिएन । र उसमाथि हुनुपर्ने कारबाही हुनुपर्छ’,।