७ कार्तिक २०८३, शनिबार

दिवंगत वडाध्यक्ष रिजालको पार्थिव शरिरमा मेयर बालेनले ओडाए महानगरको झण्डा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । उपचारका क्रममा निधन भएका काठमाडौं महानगरपालिका वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरिरलाई राष्ट्रियसभा गृहमा राखेर श्रद्वाञ्जली अर्पण गरिएको छ ।

उनलाई श्रद्वाञ्जली दिन विभिन्न राजनीतिक दलका नेताहरू साथै उनका शुभचिन्तकहरूको भिड लागेको थियो ।

यसैबीच, काठमाडौं महानगरका मेयर बालेन साहले उनको पार्थिव शरिरमा महानगरको झण्डा ओडाएर श्रद्वाञ्जली अर्पण गरेका छन् । रिजाल नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजकसमेत रहेका थिए ।

काठमाडौं महानगरपालिकको मेयरमा बालेन निर्वाचित भएर आएपछि बालेनकाविरूद्व खरो रूपमा उत्रिएर चर्चामा आएका रिजाल पछिल्लो समय भने बालेन निकट भएका थिए ।

पछिल्लो समय उनले बालेनलाई हरेक काममा सहयोग गर्दै आएका थिए ।