१ कार्तिक २०८३, आइतबार

एसिया कपको सुपर फोर: पाकिस्तानद्वारा बंगलादेश पराजित

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । एसिया कपको सुपर फोरमा घरेलु टोली पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ । बुधबार पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।

बंगलादेशले दिएको १९४ रनको लक्ष्य पछाएको पाकिस्तानले ३९.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

यसअघि पहिला टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले ३८.४ ओभरमा अलआउट हुँदै १९३ रन बनाएको थियो । जितसँगै दुई अंक जोडेर पाकिस्तान सुपर फोरको शीर्ष स्थानमा रहेको छ ।

सुपर फोरमा समुह ‘ए’ बाट पाकिस्तान र भारत तथा समुह ‘बी’ बाट श्रीलंका र बंगलादेश पुगेका थिए । अब सुपर फोर अन्तर्गत शनिबार श्रीलंका र बंगलादेश भिड्ने छन् भने आइतबार पाकिस्तान र भारत भिड्ने छन् ।

त्यस्तै मंगलबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ भने अर्को साताको बिहीबार पाकिस्तान र श्रीलंकाबीच खेल हुनेछ । सेप्टेम्बर १५ मा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

सुपर फोरमा शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा पुग्ने छन् । फाइनल खेल सेप्टेम्बर १७ मा हुनेछ ।