
काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमै खुकुरी प्रहार भएको छ ।
उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । संघीय राजधानी मात्र नभइ प्रहरी कार्यालयकै अगाडि यस्तो आपराधिक घटना हुनुले मुलुकको पछिल्लो शान्तिसुरक्षाको अवस्थामाथि समेत प्रश्न उब्जिएको छ ।
यस्तै, अमेरिकी सेनाको एउटा टुकडी बन्दोबस्तीका सामग्रीसहित वायुसेनाको विमानमार्फत भोलि नेपाल आउँदै छ ।
यसैबीच, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न मुख्य तीन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।
हेरौँ आज दिनभरमा मुख्य–मुख्य समाचारहरू–















प्रतिक्रिया