१ कार्तिक २०८३, आइतबार

पहिलो पटक एसिया कप खेलेको नेपाली टोली आज स्वदेश फर्कदै, भव्य स्वागत गरिने

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगिता खेलेको नेपाली टोली आज बुधबार स्वदेश फर्कने भएको छ । नेपाली टोली आज मध्यान्ह १२ः३० बजे स्वदेश फर्किन लागेको हो ।

समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको नेपाली टोली स्वदेश फर्कन लागेको हो ।

नेपालले पाकिस्तानको मुल्तानमा १६औँ संस्करणको एसिया कपको उद्घाटन खेल खेलेको थियो । उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।

एसिया कपको दोस्रो खेलका लागि श्रीलंका पुगेको नेपाली टोली भारतसँग १० विकेट पराजित भएको थियो ।

नेपाली टोलीले विश्व विजेता टोली भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान नेपालतर्फ आर्कषित गर्न सफल भएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिने तयारी रहेको छ ।