२९ आश्विन २०८३, बिहिबार

इन्टरनेटको गुणस्तर बढाउन क्लासिक टेकले डुअल ब्यान्ड फाइभ गिगाहर्ज राउटर दिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले ग्राहकहरूलाई जेडटीईको डुअल ब्यान्ड फाइभ गिगाहर्ज राउटर उपलब्ध गराउने भएको छ ।

आफ्नो नेटवर्क पूर्वाधार विस्तारका लागि कम्पनीले चीनमा आधारित बहुराष्ट्रिय कम्पनी जेडटीई कर्पोरेसनसँग साझेदारी घोषणा गरेको छ ।

यसअन्तर्गत आफ्ना ग्राहकहरूलाई उत्कृष्ट इन्टरनेट सर्फिङ अनुभव प्रदान गर्न जेडटीईका अत्याधुनिक डुअल ब्यान्ड फाइभ गिगाहर्ज ओएनयूहरू उपलब्ध गराइने क्लासिक टेकले जनाएको छ ।

यो साझेदारी इन्टरनेट सेवाको क्षेत्रमा महत्त्वपूर्ण कोसेढुङ्गा बन्ने उल्लेख गर्दै कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘क्लासिक टेक ग्राहकहरूले छिटो इन्टरनेट गति, विश्वसनीयता र उच्च गुणस्तरका उपकरणहरूमा पहुँचको अपेक्षा गर्न सक्नेछन ।’