२९ आश्विन २०८३, बिहिबार

नबिलले ल्यायो विशेष तीज अफर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ ।

अफरअन्तर्गत नबिल बैंकको ‘नबिल प्रिमियम नारी बचत खाता’ खोलेबापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ नि:शुल्क प्रयोग गर्न सक्नेछन् ।

साथै यस अफरअन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि नि:शुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको यस अफरअन्तर्गत, नारी ग्राहक वर्गले असोज १५, २०८० गतेसम्ममा ‘नबिल प्रिमियम नारी बचत खाता’ खोली माथि उल्लेखित सुविधा प्रयोग गर्न सक्नेछन् ।

नबिल बैंक नेपालको निजी क्षेत्रको एक अग्रणी बैंक हो । नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटीएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा उदाहरणीय काम गर्दै आएको विज्ञप्तिमा जनाइएको छ ।