
काठमाडौं, १९ भदौ । इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले कार्यकक्षमै अश्लिल क्रियाकलाप गरेको सार्वजनिक भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत महिलाले अश्लिल क्रियाकलाप गरेको भिडिओ सार्वजनिक भएको हो ।
उनीहरु बीचको अनैतिक क्रियाकलाप रुटिन अफ इलाम बन्द फेसबुक पेजले सार्वजनिक गरेको हो । सार्वजनिक भिडिओमा उनीहरूले अँगालो हाल्ने, एकअर्कालाई चुम्बन गरेको र संवेदनशिल अंगमा छोएको देख्न सकिन्छ ।
उनीहरूको अश्लिल क्रियाकला देखेपछि कार्यालयकै कर्मचारीले भिडिओ खिचेका थिए । उक्त भिडिओ केही दिनअघिको भएको बताइएको छ ।
हाल ति प्रमुख प्रसाशकीय अधिकृत राई सरूवा भइसकेका बताइएको छ ।















प्रतिक्रिया